arrow

गुरुराज पराजित भएपछि शेखरले मागे माफी, यसकारण सुजाताले गरिन् पुनः मतदानको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
gururaj-ghimire-election.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिमा संस्थापन इतरका गुरुराज घिमिरे दुई मतले पराजित भएपछि केही शीर्ष नेताहरुले निर्वाचन निष्पक्षता माथि प्रश्न उठाएका छन् ।

मतदानमै सहभागी नभएका डा. शेखर कोइरालाले माफी मागेका छन् । उनले कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरुदेखि नै ‘संशय’ रहेको उल्लेख गर्दै क्षमा मागेका छन् । उनले कानूनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने भन्दै मतदान नगर्नु उपर्युक्त रहेको जनाउँदै आफूबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भएकोमा क्षमाप्रार्थी रहेको बताएका छन् ।

तर कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रदेश १ मा पुनः मतदान हुनुपर्ने माग अघि सारेकी छिन् । विधानअनुसार चुनावमा केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउनुपर्नेमा वञ्चित बनाइएको भन्दै उनले पुनः मतदानको माग गरेकी हुन् ।

मतदान अधिकृतले नै आफूहरुले मतदान गर्न नपाउने बताएको उल्लेख गर्दै कोइरालाले आफूहरुलाई मतदान गर्न नदिने गरी गलत सूचना दिएको उनको भनाइ छ ।  

मतदान गर्दा कानुनी जटिलता र मतदानको वैधानिकतामाथि नै प्रश्न आउने कुरा गरिएकाले  मतदान गर्न नपाएकोमा आक्रोश पोख्दै पुनः मतदानको माग गरेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ