arrow

राम पल्टन साहले गरे केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
ram-paltan-sah-congress.gif

काठमाडौं । नेपाली कांग्रेस तरुण विभाग सदस्य एवं प्रदेश नम्बर २ का संयोजक राम पल्टन साहले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ का कांग्रेसका नेतासमेत रहेका साहले मधेसी आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विसं २०३६ सालमा ८ कक्षामा पढ्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्य हुँदै राजनीतिमा होमिएका नेता साह पार्टीमा लामो समय योगदान दिएको दाबी गर्छन् । नेता शाह २०४४ सालमा नेविसंघ धनुषाका अध्यक्ष बनेका थिए ।

२०४२ सालको सत्याग्रहमा झण्डै ६ महिना जेल जीवनसमेत बिताएका नेता साह कांग्रेसका नवौं महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि हुँदै आएका छन् ।

२०४८ देखि २०५२ सम्म उनी नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमिति सदस्य रहेका थिए । यस्तै उनी २०५३ सालमा धनुषा क्षेत्र नम्बर ३ बाट कांग्रेसको नवौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका थिए ।

नवौं महाधिवेशनदेखि निरन्तर महाधिवेशन र १२ औंदेखि महासमितिमा एवं अहिले १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमितिमा रहेका छन् ।

नेता साह २०६९ सालमा नेपाली कांग्रेस तराई मधेस केन्द्रीय विभागका सदस्यसमेत रहेका थिए । हाल उनी नेपाली कांग्रेस तरूण विकास सदस्य एवं प्रदेश २ का संयोजकसमेत रहेका छन् ।

कांग्रेसमा आमूल परिवर्तन ल्याउन र युवा आग्रहको नेतृत्व एवं विधिको शासनको पक्षमा आफू रहेको नेता साह बताउँछन् । कांग्रेसका परिवर्तन, यथास्थितिको विरुद्ध र परिवर्तनका पक्षमा काम गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन थालेको उनले बताए ।

समाजवादी रुपान्तरणका लागि समावेशी लोकतन्त्रको नारासहित कांग्रेसमा आमूल परिवर्तन, युवाग्रहको नेतृत्व, विधिको शासनका लागि आफूले निरन्तर काम गर्ने उनको प्रतिवद्धता छ ।

नेता साह केही साताअघि मात्रै नेपाली कांग्रेसमा क्रियाशील वितरण विवादका क्रममा पार्टी केन्द्रीय कार्यालयमा १० दिन अनसनसमेत बसेका थिए ।

झण्डै ३ दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा योगदान दिँदै आएका नेता साहले विगतदेखि वर्तमानसम्म पार्टी र देशमा आमूल परिवर्तनका लागि लड्दै आएको र यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ