- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४औं महाधिवेशनमा आफूले सहमहामन्त्री (आदिबासी/जनजाती)पदमा उम्मेदवारी दिने घोषणा गरे ।
नेता आङ्देम्बेले नेपाली कांग्रेस पार्टीलाई चुस्त र दुरुस्त बनाउँदै २१औं शताब्दीका युवा उमेर र सोचहरुलाई नेतृत्व गराउन सक्ने पार्टीमा रुपान्तरित गर्न सकिन्छ साथै त्यही ढंगबाट पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकोले आफुले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाए ।
आदिवासी/जनजातीको तर्फबाट आफ्नो उम्मेदवारी रहेको उनले बताए । कार्यक्रममा बोल्दै नेता आङदेम्बेले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आफुले पहल गर्ने पनि दाबी गरे ।
आङदेम्बेले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सांगठनिक रुपमा गतिशिल र भावनात्मक रुपमा एकतावद्ध अनि अनुशासित र प्रशिक्षित कार्यकर्ताको उर्जाशील अभियानका रुपमा विकास गर्ने पनि प्रतिवद्धता गरे ।
लोकतन्त्रमाथिको चुनौति र खतरालाई सामना गर्नसक्ने, भ्रष्टाचार र पक्षपातको विरुद्ध सशक्त हुने तथा मुलुकमा कानूनी शासन र सुशासन प्रदान गर्दै राजनीतिक स्थायित्व प्रदान गर्न सक्षम पार्टीको रुपमा कांग्रेसलाई आम युवापुस्ता र नेपाली समाजको प्रतिनिधि शक्तिका रुपमा सबल बनाउने उनको योजना छ ।
पार्टीको सदस्यता प्रणालीलाई व्यवस्थित र आकर्षक बनाउँदै पार्टीको समग्र संगठन र हरेक तहको नेतृत्वमा स्वच्छता, न्याय र विवेकको वातावरण निर्माण गर्ने पनि उनको अर्को योजना छ ।
समाजमा द्धन्द्ध र असन्तोषको अवस्थाको उचित सम्बोधन गरि दिगो शान्ति कायम गर्दै संविधानको सुधार र संशोधन गर्न, संविधानप्रतिको आम अपनत्वको अवस्था सबल पार्न कांग्रेसको राजनीतिक अगुवाई गर्नेलगायत उनले चुनावी एजेन्डा अघि सारेका छन् ।