arrow

बेटर कम्पनीका सीईओले जुमबाट एकै पटक हटाए ९०० कर्मचारीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
Better-ceo.jpg

काठमाडौं । घरका लागि ऋण, रियल स्टेट जस्ता सेवा दिने कम्पनी बेटर (Better.com) का सीईओले एकै पटक ९ सय कर्मचारीलाई कामबाट हटाएका छन् । कम्पनीका सीईओ विशाल गर्गले गत हप्ताको बुधबार जुम एपमा भएको भर्चुअल मिटिङका क्रममा कर्मचारीहरुलाई हटाएका हुन् ।

सो क्रममा सीईओ गर्गले भनेका छन्, 'यदि तपाईं यस कलमा हुनुहुन्छ भने, तपाईं अभागी समूहको हिस्सा हुनुहुन्छ जसलाई हटाइँदैछ । तत्कालदेखि नै लागु हुनेगरी तपाईंलाई कामबाट हटाइएको छ ।' 

उनीहरुलाई हटाउनुमा बजारको दक्षता कमी, कार्यसम्पादनमा कमी र उत्पादकतालगायतको कारण रहेको उनले बताएका छन् ।

'यो तपाईं मबाट सुन्न चाहनुहुन्नथ्यो, तर अन्ततः यो मेरो निर्णय थियो । यसअघि यस्तो यस्तो निर्णय लिँदा म रोएको थिए अहिले बलियो हुने आशा गर्छु,' उनले भनेका छन् ।

गर्ग सन् २०१४ देखि बेटर कम्पनीका सीईओ रहिआएका थिए । धेरै कर्मचारीहरुले काम नगर्ने, बढी समय खेर फाल्नेलगायतका कारण उनले यस्तो निर्णय गरेको बताइएको छ । उनले कुल कर्मचारीको १५ प्रतिशत कर्मचारीलाई एकै पटक कामबाट हटाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ