arrow

कांग्रेसलाई पहिलो पार्टी बनाउने नेतृत्व चाहियो – तेजेन्द्र खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
263700210_3058964461010358_5355045894300225354_n.jpg

काठमाडौं । नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला कार्यसमिति सभापति तेजेन्द्र खनाल कांग्रेसको १४ औं महाधिवेशनबाट धेरै नै आशावादी भएका छन् । १४ औं महाधिवेशनबाट छानिएको पार्टीको नेतृत्वले काग्रेसमा विधि र थिति बसाउने मात्र नभइ पार्टीलाई सपानेमा उनी आशावादी छन् । 
 
कांग्रेसको नेतृत्वमा जो आए पनि त्यसले कांग्रेसलाई पहिलो पार्टी बनाउनु पर्ने खनालको  भनाइ छ । ‘युवालाई आकर्षण गर्न सक्ने र पार्टीलाई राम्रोसँग बुझेको नेता नेतृत्वमा आउनु पर्छ । नयाँ र पुरानो नेताभन्दा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था बुझेको र पार्टीलाई एक बनाउन सक्ने नेता पार्टीलाई आवश्यक छ ।’ १४ औ महाधिवेशनट आउने नेतृत्वले पार्टीको उचाइ र प्रतिष्ठालाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा माथि पु-याउने हुने  पर्ने उनको भनाइ छ ।  

कांग्रेसमा अहिले भइरहेको गुट उपगुट तत्काल अन्त्य हुनु पर्ने उनको सुझाव छ । ‘गुट उपगुट अन्त्य गर्नु अबको नेतृत्वको पहिलो चुनौती हुने छ’ उनले भने । 

खनाल २०४६सालको आन्दोलन पछि राजनीतिमा सक्रिय भएका छन् । उनले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरे । उनी सुरुमा नेपाल विद्यार्थी संघ ओखलढुङ्गाको जिल्ला सदस्य भए । त्यसपछि उनी काठमाडौं आए । काठमाडौ आए पछि उनी ताहाचाल क्याम्पसको नेविसंघ इकाइ सभापति भए । त्यसपछि उनी नेपाली कांग्रेसको राजनीतिमा लागे । 

सुरुमा उनी  नेपाली कांग्रेस ओखलढुङ्गाको जिल्ला सदस्य भए । यो २०६५ सालको कुरा हो । त्यसपछि उनी ओखलढुङ्गा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको उपसचिव भए । त्यसपछि जिल्ला उपसभापति भए । अहिले उनी जिल्ला सभापति भएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ