arrow

सर्लाहीमा कांग्रेस अधिवेशन हुँदै, विवाद भएको क्षेत्रमा पेलेरै अधिवेशन गराउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
congress-14th-general-convention2222.jpg

सर्लाही । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मंगलबार सर्लाहीमा क्षेत्रीय अधिवेशन भइरहेको छ । अधिवेशनको पहिलो दिन आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । चारवटै निर्वाचन क्षेत्रको एकैसाथ अधिवेशन हुने जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।

सर्लाहीमा संस्थापन र संस्थापन इतर पक्षबीच पटक पटकको छलफल निष्कर्षमा नपुगेको र सहमति नभएपछि अधिवेशन गराउन लागिएको हो । केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अब पेलेरै भएपनि अधिवेशन गराउन निर्देशन दिएपछि निर्वाचन समिति त्यसको तयारीमा जुटेको हो ।

संस्थापन र संस्थापन इतर समूहबीचको विवादका कारण अधिवेशन हुन नसकेपछि आजका लागि सबै क्षेत्रमा अधिवेशन तोकिएको हो । सर्लाहीमा जिल्ला सभापति नागेन्द्र कुमार राय देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन । उनीहरुबीच कुनै पनि क्षेत्रमा सहमतिको संभावना देखिएको छैन् ।

 मुख्यगरी सर्लाही क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विवाद छ । उक्त क्षेत्रमा संघीय सांसद डा अमरेशकुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहबीच टकराब छ । अधिवेशनलाई दुवै नेताले आफ्नो प्रतिष्ठानको विषय बनाएका छन् । सर्लाहीमा अब पनि अधिवेशन गरेर प्रतिनिधि चयन नगरे १४ औं महाधिवेशनमा सर्लाहीको प्रतिनिधित्व नहुने देखिएको छ । 

केन्द्रको निर्देशन बमोजिम पेलेरै अधिवेशन गराउँदा विवाद तथा झडप हुनसक्ने भन्दै जिल्लामा अधिवेशन हुने स्थलहरुमा सुरक्षा सतर्कता बढाइएको छ । क्षेत्र नं.१ को ईश्वरपुरस्थित बयलवास, क्षेत्र नं.२ को मलंगवास्थित पब्लिक मावि, क्षेत्र नं. ३ को बरहथवा र क्षेत्र नं. ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशनस्थल तोकिएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालय समेत राखिएको मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमै समेत ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ