arrow

निर्वाचितलाई बाँके क्षेत्र नं १ ले गर्‍यो सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
nirwachit.PNG

नेपालगन्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनमा विजयी प्रदेश कमिटी सदस्यहरूलाई सम्मान गरेको छ ।

बाँके क्षेत्र नम्बर १ बाट काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा निर्वाचित भएका चार जनालाई बधाई दिँदै सम्मान गरेको हो । लुम्बिनी प्रदेश अधिवेशनमा सदस्य पदमा निर्वाचित भएका टेक नारायण भुसाल, प्रेम केसी, अञ्जना पाण्डे र इशाक जोलाहलाई बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, क्षेत्र नम्बर १ प्रदेश ख का सभापति बलराम शर्मा, नेता नारायण गौडेल लगायतका नेताहरूले सम्मान गरेका हुन् ।

भुसाल जिल्लागत खुला सदस्य र केसी खुल्ला सदस्यमा निर्वाचित भएका हुन् भने पाण्डे महिला खुल्ला सदस्य र जोलाह मुस्लिम तर्फबाट निर्वाचित भएका हुन् ।

मङ्गलवार बिहान कोहलपुर नेपाली कांग्रेस पार्टी कार्यालयमा गरिएको सम्मान कार्यक्रममा महाधिवेशन प्रतिनिधि चिन्तामणि धिताल, क्षेत्र नम्बर १ का सचिव खुम बहादुर बस्नेत लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ