arrow

डा. मुक्तिराम श्रेष्ठले गरे कांग्रेस जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
muktiramm.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. मुक्तिराम श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । विभिन्न स्वास्थ्यसँग सम्बन्धित संघ संस्थामा बसेर उल्लेख्य काम गरेका श्रेष्ठले जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अर्घाखाँची जिल्लाबाट लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भएका उनी कांग्रेसको स्वास्थ्य समितिमा रहेर काम गरेका कारण देशभरका कार्यकर्तामाझ परिचित छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित भएका उनी नेविसंघको विभिन्न इकाइमा बसेर काम गरिसकेका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघको पूर्वअध्यक्ष, प्रजातन्त्रवादी चिकित्सक संघको महासचिव हुँदै अध्यक्ष र नेपाल चिकित्सक संघको अध्यक्ष भइसकेका डा. श्रेष्ठले पेशागत संघ संगठनको संजालको सहयोगमा आफू केन्द्रीय सदस्यमा विजयी हुने विश्वस्त छन् ।

‘देशभरका साथीहरुलाई स्वास्थ्य सम्बन्धी समस्यालगायत अन्य विभिन्न सहयोग गरेको छु । सामाजिक सेवामार्फत देशभरका प्रतिनिधिहरुसँग प्रत्यक्ष जोडिएको छु । उहाँहरुको माया र सद्भाव महाधिवेशनमा पाउँछु भन्ने विश्वास छ’ उनले भने ।

ट्रेड युनियन कांग्रेसको केन्द्रीय सदस्यसमेत भइसकेका डा. श्रेष्ठले राजधानीको बसुन्धरामा सम्पर्क कार्यालय खोलेर केन्द्रीय सदस्यका लागि प्रचार र भेटघाट शुरु गरिसकेका छन् । 

१४ औं महाधिवेशनको स्वास्थ्य समितिमा पनि बसेर सक्रियतापूर्वक भूमिका निर्वाह गरिहेका उनी महाधिवेशनमा आएका प्रतिनिधिहरुको स्वास्थ्य समस्या हुन नदिन विभिन्न कार्यक्रमहरु बनाउन ब्यस्त छन् ।

महाधिवेशन ‘उत्साह, एकता, रुपान्तरण सफल बनाउँ नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित २४ मंसिरबाट २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ