- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन ४६ सय भन्दा बढी प्रतिनिधि काठमाडौं आउँदैछन् । २४ मंसिरदेखि शुरु हुने महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, ती निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, जिल्ला सभापतिसहित विदेशस्थित जनसम्पर्क समितिबाट कांग्रेस महाधिवेशनमा भाग लिन प्रतिनिधि आउँदै छन् ।
यसरी देश भित्रबाट आउने प्रतिनिधिहरुलाई ठमेल, गौशाला र सुन्धारामा सुताउने गरी होटलको व्यवस्था गरेको हो । विदेशबाट आउनेहरुका लागि भने थप व्यवस्था हुनेछ ।
कांग्रेसको आवास तथा भोजन समितिका संयोजक सुरेन्द्र पाण्डेले चार हजार बढी महाधिवेशन प्रतिनिधिका लागि तीन स्थानमा ८६ होटल बुकिङ गरिएको बताए । ती सबै होटलमा गरी करिब ४६ सय कोठा बुक गरिएको उनले जानकारी दिएका हुन् ।
महाधिवेशनमा खान र बस्नका लागि मात्रै तीन करोड बढी खर्च लाग्ने अनुमान कांग्रेसको छ । महाधिवेशनमा आउनेहरुका लागि २३ देखि २७ गतेसम्म आवासको व्यवस्था गरिएको हो ।
आवास तथा भोजन समितिका संयोजक पाण्डेका अनुसार प्रतिनिधिहरु बस्ने होटलको एउटा कोठाको भाडा आठ सय रुपैयाँ छ। ती सबै कोठामा अट्याच बाथरुम तथा तातोपानी चिसो पानी आउने छन् ।
यसैगरी सबै होटलहरुले कोरोना महामारी लक्षित सरकारले लागू गरेको स्वास्थ्य मापदण्डको पालना गरेको हुनुपर्ने नीति कांग्रेसको छ । होटलका कोठामा सेनिटाइज अनिवार्य गरिएको हुनुपर्ने छ भने सेनिटाइजर राख्नु पर्नेछ।