arrow

पाका नेता टेकप्रसाद गुरुङबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
262348608_3130999060518145_7598354783864624429_n.jpg

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता टेकप्रसाद गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवन कांग्रेसमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका नेता गुरुङ २०१८ सालदेखि कांग्रेसको राजनीतिक यात्रा शुरु गरेको बताउँछन् ।

२०२८ सालमा चितवनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को दोस्रो अधिवेशनबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका नेता गुरुङ पञ्चायती व्यवस्थामा तीन पटक सभापति भएका थिए । ‘पञ्चायती व्यवस्थामा सभापति पनि भएँ जेल पनि बसेँ’, उनले भने ।

छ दशकदेखि कांग्रेसको राजनीति गरेका नेता गुरुङ २०४८ सालमा आठौं महाधिवेशनदेखि १३ औं महाधिवेशनसम्म चितवनबाट महासमिति सदस्य रहेका छन् । उनी पाँच पटक चितवन कांग्रेसको सभापति रहेका थिए ।

लामो समयदेखि पार्टीमा योगदान दिँदै आएका नेता गुरुङले यसपटक १४ औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका हुन् । खुलामा हुन्छ अथवा जनजातिमा हुन्छ ठेगान छैन तर  मलाई जनजातिको प्रस्ताव आइरहेको छ’, उनले भने ।

राजनीतिमा अब नयाँ युवा साथीहरु आइरहेका कारण अब हाम्रो पुस्ता अर्को पटकका लागि सक्रिय भूमिकामा रहन नसक्ने हुँदा अन्तिम पटक पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको भनाइ छ । 

‘अहिले त अन्तिम जस्तै भो । हामी धेरै पुराना भइसक्यौँ । अब नयाँ साथीहरु आइपुग्नु भएको छ । हामीले अर्को पटक फेस गर्न सक्ने अवस्था देख्दिन । त्यसकारण धेरै साथीहरु, युवा साथीहरु, तरुण दलबाट, नेविसंघबाट धेरै साथीहरु आइसक्नु भएको छ । त्यसकारण यो अन्तिम पटक सबै साथीहरुलाई अनुरोध गरेर एक पटक केन्द्रीय सदस्य लड्ने विचार हो’, उनले भने ।

‘सबै नेताहरुसँग मेरो कुरा भइरहेको छ । शेरबहादुरज्यू, रामचन्द्र, डा. शशांक, डा. शेखर, सिटौला सबैसँग कुरा भइरहेको छ । म कुन ठाउँमा पर्छु था छैन । तर म चुनाव लडिराछु’, उनले भने । 

‘सबै नेता बराबर हो । धेरै खेमा हुन्छन् । वास्तवमा म कोइराला खेमा नै हो । तर सबै नेताहरुलाई सम्मान गर्छु । सबै साथीको सहानुभूति मलाई चाहिन्छ । तर खेमामा म हिजो वीपीको पालादेखि गिरिजा हुँदै शुशील हुँदै आज शशांक कोइरालासम्म म त्यही खेमाको व्यक्ति हुँ’, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ