arrow

शशांक सभापतिको रेसबाट ब्याक : रामचन्द्रलाई समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
congress-meet-chaksibari.PNG

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला साझा उम्मेदवारका लागि सहमति भए आफू सभापतिको रेसबाट बाहिरिने बताएका छन्।

पूर्व महामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा भएको संस्थापन इतर समूहको बैठकमा महामन्त्री कोइराला सभापतिको रेसबाट बाहिरिन तयार भएका हुन्। उनले आफू वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि ब्याक हुन तयार भएको भनेका छन्।

‘वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि मैले सभापतिको दाबी छाडेँ, प्रकाशमान जी र शेखर दा मिले उहाँले पनि छाड्नु हुन्छ,’ कोइरालाले सिंह निवासमा संचारकर्मीहरुसँग भने।

सिंह निवासमा इतर समूहको बैठक करिब ५ घण्टादेखि जारी छ।

बैठक शुरु हुनु अघि नै इतर समूहका युवा नेताहरूले साझा उम्मेदवार नबनाए आफूहरूले ठोस निर्णय लिने भन्दै शीर्ष नेतृत्वलाई दबाब दिएका थिए।

इतर समूहबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, सिंह र डा. शेखर कोइरालाले दाबी गर्दै आएका छन्।

कोइरालाका अनुसार सभापतिमा  शेखर कोइराला र प्रकाशमान मिले पौडेल पनि बाहिरिन तयार रहेको दाबी गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ