arrow

सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
amresh.JPG

सर्लाही । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह पार्टीको १४ औं महाधिवेशन प्रतिनिधि बन्न असफल भएका छन् । हिजो भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा उनी पराजित भएका हुन् । 

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का सांसद सिंहले २४८ मतमात्र पाए । पुरुष खुलाबाट उनी महाधिवेशन प्रतिनिधिका लागि भिडेका थिए ।  

उनी कांग्रेसको संस्थापन इतरका हुन् । उनले सभापति शेरबहादुर देउवाले वडा अधिवेशनदेखि नै हस्तक्षेप गरेको आरोप लगाउँदै आएका थिए । उनी संस्थापन इतरमा रामचन्द्र पौडेल पक्षका नेता हुन् । 

माओवादी शान्ति प्रक्रियामा आउँदा मनोनयनमा परेर सांसद बनेका सिंह पहिलो संविधान सभाको चुनावमा महन्थ ठाकुरसँग पराजित भएका थिए । 

उनी दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ