arrow

कास्कीको मादी-२ मा कांग्रेसको दन्तशिविर, दुई सय जना लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
Sibir.jpg

पोखरा। कास्कीको मादी गाउँपालिका वडा नं. २ का विभिन्न स्थानमा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। शिविरबाट २०० जना भन्दा बढी लाभान्वित भएका थिए।नेपाली कांग्रेस मादी गाउँपालका वडा नं. २ को आयोजनामा घ्याम्राङ, रोहिगाउँ, सेतीखोला र ताङतिङमा शिविर आयोजना गरिएको हो। शिविर सञ्चालनका लागि घ्याम्राङमा सन्तोष गुरुङ, रोहीगाउँ, सेतीखोलामा सुरेन्द्रजंग क्षेत्री र लील गुरुङ, ताङतिङमा भोज गुरुङ, कमला गुरुङ र विन गुरुङले व्यवस्थापनमा सहयोग गरेका थिए।

नेपाली काँग्रेस वेल्जियमका महाधिवेशन प्रतिनिधि एवं समाजसेवी तर्कजंग गुरुङ, इकाइ सभापति मन्त्रीजंग गुरुङ, उपसभापति दुर्गा गुरुङको विशेष पहलमा शिविर आयोजना गरिएको बताइएको छ।

शिविरमा अमरसिंहचोकस्थित अल्फा डेन्टल केयरका जुनी गुरुङ, मनदेवी गुरुङ, खेम गुरुङ, संगम गुरुङ, पूर्ण गुरुङ, सिजन थापा, शिव थापा र प्रशान्ती ठकुरी लगायतको चिकित्सकको टोलीले सहभागीको दाँत परीक्षण गरेका थिए। उनीहरुले दाँतको महत्व र दाँतको हेरचाहबारे सहभागीलाई जानकारी गराएका थिए।

कार्यक्रममा पूर्व प्रधानपञ्च देवीजंग गुरुङ, सु.मे टोकबहादुर गुरुङ, चन्द्रमाया गुरुङ, ना.सु.मोतीप्रसाद गुरुङ र डम्बरजंग गुरुङ सहभागी थिए।

शिविरका लागि कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तर्कजंग गुरुङ, तिलक रानाभाट, पार्टीका प्रदेश अधिवेशन प्रतिनिधि राजकुमार गुरुङ, नेपाल तरुण दलका सभापति सागर गुरुङ, डा. ईश्वर गुरुङ र डम्बरजंग गुरुङले आर्थिक सहयोग गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ