- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । डम्बरबहादुर (डीबी) सुनारले नेपाली कांंग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विदेश नीति विज्ञ सदस्यसमेत रहेका सुनारले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । उनले दलित आरक्षणमा उम्मेदवारी दिन लागेका हुन् ।
उनी अछाम क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा झिनो मतले उपाध्यक्षमा पराजित भएका सुनारले हाल अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा चीनबाट पीएचडी गर्दैछन् । उनी सिभिल ईन्जिनियरसमेत हुन् ।
सुनार नेविसंघमा रहेका बेला दुई दर्जनभन्दा बढी मुलुकको फोरममा सहभागी भएका थिए । कांग्रेसमा युवाको आकर्षणलाई अझै बढी प्रभावकारी बनाउने र केन्द्रीय तहमा नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन आफू सक्षम रहेको उनको दाबी छ ।