arrow

कांग्रेस १४औं महाधिवेशन

प्रदेश २ सहित सात प्रदेशका ७६ जिल्लाबाट को को बने महाधिवेशन प्रतिनिधि? (हेर्नुस् प्रारम्भिक सूची)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
congress-14th-general-convention-final.jpg

काठमाडौं। नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरु प्रारम्भिक सूची निकालेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार विहान ४ हजार ३१९ जना महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सहितको सूची निकालेको हो।

प्रकाशित सूचीमा प्रदेश २ का सात वटा जिल्लाबाट चुनिएका प्रतिनिधिहरुको नाम समेत समावेश छ। तर महोत्तरी ३ र सर्लाहीका चार वटै क्षेत्रको नामावली भने सो सूचीमा समावेश छैन। यस्तै सूचीमा अन्य छ प्रदेशका विभिन्न जिल्लाबाट चुनिएका प्रतिनिधिहरूकाे पनि नाम छ । 

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले सर्लाही र महोत्तरीको प्रतिनिधिको सूची पनि अपडेट गर्दै जाने बताए। उनले सर्लाहीमासमेत अधिवेशन सकिसकेको र नामावली प्राप्त हुने क्रममा रहेको जानकारी दिएका हुन्।

प्रकाशित सूचीमा जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको नाम भने समावेश छैन।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ