देउवा निवासमा निधीलाई बोलाइएन, संस्थापन पक्ष उम्मेदवार छान्दै
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
567
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीसहित संस्थापन समूहका उम्मेदवार तय गर्न अहिले सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक जारी छ।
सभापति देउवाले आफू पक्षीय नेताहरुलाई बोलाएको बैठकमा उपसभापति विमलेन्द्र निधीलाई भने बोलाइएको छैन। बैठकमा संस्थापन समूहका सबै नेताहरु सहभागी छन्।
तर निधीले भने बैठकमा आफूलाई नडाकिएको जानकारी दिए।
‘म घरमा नै छु, म बैठकमा गएको छैन, मलाई बोलाइएको छैन,’ निधीले हाम्राकुरासँग भने।
निधी संस्थापन समूहबाट सभापतिमा देउवालाई चुनौती दिने गरी अघि बढ्दै आएका छन्।