- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन ढोकैमा आइपुग्दा नेताहरु भने उम्मेदवारीको कसरतमा रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले पुनः दोहोरिने बताएसँगै उनी अन्य पदाधिकारीका उम्मेदवार चुन्न भेला बोलाएका छन् । संस्थापन इतर पक्षले भने अहिलेसम्म एकल उम्मेदवार खडा गर्न सकेको छैन ।
एकल उम्मेदवार खडा गर्नका लागि नेताहरुबीच छलफल जारी छ । हिजो बसेको आकांक्षीहरुको छलफलका क्रममा महामन्त्री डा.श शशांक कोइराला होडको रिङबाट पछि सरेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह भने अझै अडानमै छन् ।
पौडेलले समेत सहमति बन्ने भए आफू त्याग गर्न तयार रहेको बताएका छन् । तर सिंह र कोइरालाले अझै अडान छाडेका छैनन् । आज साँझसम्म छिनोफानो हुने पौडेलले बताउँदै आएका छन् ।
अहिले दोस्रो तहका नेताहरु अनुपम फुडल्याण्डमा भेलामा बसिरहेका छन् । उक्त भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरु, जिल्लाका निवर्तमान तथा वर्तमान सभापतिहरु रहेका छन् ।
उक्त भेलामा नेता पौडेल पनि रहेका थिए । तर उनी थप सहमति गर्नुपर्ने भन्दै त्यहाँबाट नेता कृष्णप्रसाद सिटौलाको घरमा गएको बुझिएको छ ।