arrow

केपी ओलीको निर्वाचन क्षेत्र कांग्रेसमय बनाउन मेदनी सिटौलाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
congress-medani.png

काठमाडौं । नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नम्बर ५ का नेता मेदनी सिटौलाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । २०४८ सालमा नेपाल ल क्याम्पसको इकाइ अध्यक्ष हुँदै नेविसंघको राजनीतिका यात्रा शुरु गरको बताउने नेता सिटौलाले यस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

२०५९ सालदेखि ६१ सम्म गुरुराज घिमिरे, गगनकुमार थापा केन्द्रीय अध्यक्ष र महामन्त्री रहेको कमिटीमा रहेर काम गरेको अनुभव नेता सिटौलासँग छ । २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी  र २०६२–६३ को आन्दोलनमासमेत सहभागी भइरहँदा पटक पटक यातना सहेको नेता सिटौला बताउँछन् ।

वर्षौंको राजनीतिक योगदान र अनुभवलाई आधार बनाउँदै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको उनी बताउँछन् । नेता सिटौलाको राजनीतिक जीवन २०४६ सालको जनआन्दोलनको यातना खेप्दै शुरु हुँदा नेपाल ल क्याम्पस काठमाडौंको इकाइ अध्यक्ष ,स्ववीयूको  प्रत्यासी, नेविसंघ केन्द्रीय उपाध्यक्ष, तरुण दल केन्द्रीय सदस्य, महासमिति सदस्य हुँदै झापा निर्वाचन क्षेत्र नं ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकोसमेत निर्वाचन क्षेत्र रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको अवस्थालाई सुदृढीकरण गर्न विशेष काम गर्ने नेता सिटौलाको प्रतिवद्धता छ ।

उनले अहिले युवाहरुले आफूहरु जस्तै खारिएको र संगठनको लामो अनुभव बोकेको व्यक्ति खोजिरहेका कारण जित्ने अपेक्षा राखेका छन् । नेता सिटौलाले भने, ‘अहिले दशमा युवा प्रतिनिधिको बाहुल्यता छ, कांग्रेसभित्र परिवर्तनको व्यापक बहस छ, परिवर्तन र युवाहरुको उपस्थितिलाई हेर्ने र हामी जसरी विद्यार्थी आन्दोलनमा जोडिएका साथीहरु विभिन्न जनसम्पर्क समितिमार्फत प्रतिनिधि भएर आउनु भएको छ । यी सबै आधार हेर्दा अहिले प्रतिनिधिले हामी जस्तै विद्यार्थी आन्दोलन, तरुण दलको आन्दोलनबाट खारिएको, संगठनको लामो अनुभव समेटेको र कहिले विचलित नभएर काम गरेको कारण जित्ने आधारहरु यी नै हुन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ