- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का निर्वतमान केन्द्रीय उपाध्यक्ष संजयकुमार यादवले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सिराहा निर्वाचन क्षेत्र नं १ बाट कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित यादव युवा नेता हुन् ।
१० कक्षामा पढ्दादेखि नै नेविसंघ हुँदै राजनीतिक यात्रा सुरु गरेका संजय कुमार यादव त्रिचन्द्र क्याम्पसमा समेत लामो समय नेविसंघको राजनीतिमा सक्रिय रहेको बताउँछन् ।
उच्च शिक्षा पढ्न पढ्ने क्रममा त्रिचन्द्र क्याम्पसबाट नेविसंघको केन्द्रीय राजनीतिमा प्रवेश गरेका यादव ०६२ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएका थिए ।
नेविसंघबाट ०६५ सालमा त्रिचन्द्र क्याम्पसमै स्ववियू सचिवमा निर्वाचित भएका थिए । नेविसंघको गत महाधिवेशनबाट नैनसिंह महरको कार्यकालमा उनी उपाध्यक्षमा निर्वाचित भए र प्रदेश २ को संयोजकको जिम्मेवारी पाएका थिए ।
लामो समय विद्यार्थी आन्दोलनमा सक्रिय रहेका युवा नेता यादवले नयाँ युवा सोच र जोशका पार्टीलाई अगाडि बढाउने बताएका छन् । विद्यार्थी जीवनदेखि राजनीतिमा होमिँदै अब पार्टीको राजनीतिमा सक्रिय हुने र पार्टीलाई आक्रामक ढङ्गले अघि बढाउन योगदान दिने नेता यादव बताउँछन् ।
उनले मधेसी तर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भएका हुन् ।