arrow

दलित समुदायबाट पहिलो कांग्रेस जिल्ला सभापति नेपालीले गरे केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
man-bahadur-nepali-congress.gif

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा रुकुम कांग्रेसका पूर्व जिल्ला सभापति मानबहादुर नेपालीले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दलित कोटाबाट उम्मेदवारी दिने उनले जानकारी दिए । 

उनीसँग कांग्रेसभित्र दलित समुदायबाट पहिलो जिल्ला पार्टी सभापति भएका व्यक्तिको कीर्तिमान छ । उनी २०६७ सालदेखि २०७२ माघ २५ गतेसम्म साविक रुकुम जिल्लाको सभापति भएका थिए । 

राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्षसमेत रहेका नेता नेपालीले माओवादीको उद्गम थलो मानिने रुकुममा प्रजातन्त्र जोगाउन अनवरत रुपमा लागि परेको दाबी गर्छन् । 

उनले संस्थापन पक्षबाट उम्मेदवारी दिने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ