arrow

तरुण दलका उपाध्यक्ष उत्तम चापागाईले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
264261168_281241187293125_7703158265420012080_n.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघ हुँदै विगत ३ दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय तरुण दलका उपाध्यक्ष उत्तम चापागाईले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । विद्यार्थी जीवनमा नै नेविसंघबाट राजनीतिक यात्रा शुरु गरेका नेता उत्तम चापागाई भोजपुर कांग्रेसको क्षेत्रीय सभापति हुँदै तरुण दल भोजपुरको जिल्ला अध्यक्ष रहेरसमेत काम गरेका छन् ।

जिल्ला अध्यक्षपछि तरुण दलको केन्द्रीय सदस्य, सचिवपछि अहिले तरुण दलको केन्द्रीय उपाध्यक्ष रहेका नेता उत्तम चापागाई भोजपुर जिल्लाबाट महासमिति सदस्य रहेका छन् । लामो समयको राजनीतिक अनुभवपछि अहिले कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बनेको नेता चापागाई बताउँछन् ।

लामो समयदेखि कांग्रेसमा लागिरहँदा पुराना पुस्ताहरूबाट विभिन्न ज्ञान एवं अनुभव सिकेको र त्यो ज्ञान र अनुभव अहिलेको युवा पुस्तालाई हस्तान्तरण गर्दै अघि बढ्ने नेता चापागाई बताउँछन् । 

उनले भने, ‘अहिलेको युवा शक्तिले खोजेको युवा चाहना अनुसार कांग्रेसलाई परिवर्तन गराएर अहिलेको जनचाहना अनुसारको कांग्रेस बनाउन मलाई प्रशस्त मात्रामा अनुभव छ ।’

लामो समयदेखि पार्टीमा योगदान दिँदै आउँदा सिकेका कुराहरूलाई अहिले नयाँ पुस्तामा हस्तान्तरण गर्न र कांग्रेसलाई परिवर्तनशील बनाएर अघि बढ्न आफूले काम गर्ने नेता चापागाईको भनाइ छ ।

नयाँ पुस्ताको जोश र पुराना पुस्ताको अनुभवको सम्मिश्रणबाट कांग्रेसलाई ऊर्जाशील तरिकाले अघि बढाउन सकिने उनको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ