arrow

कांग्रेस महाधिवेशनको तयारी तिब्र, भृकुटीमण्डप आसपास मात्र १० वटा स्वागतद्वार बनाइने

logo
बिना सुवेदी
प्रकाशित २०७८ मंसिर २२ बुधबार
congress-vrikuti1.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको तयारी तिब्र बनाइएको छ । महाधिवेशनको उदघाटन स्थल भृकुटी मण्डपमा मन्च व्यवस्थापन र प्रचार प्रसारको कामलाई अघि बढाइएको छ ।

मंसिर २४ गते शुरु हुने महाधिवेशनका लागि विभिन्न उपसमितिहरुले आ-आफ्नो रुपमा तयारी गरिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काठमाडौंमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न  मंगलबार बाट नै शुरु गरिएको र अब स्वागतद्वार निर्माणको काम अघि बढाइएको उनले जानकारी दिए ।

प्रचारको विविध प्रक्रियाअनुसार मंगलवार सडकका पोलहरुमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य भइरहेको छ ।  महाधिवेशनका लागि स्वागतद्वार तथा श्रङ्गारको जिम्मेवारी पाएका कांग्रेस काठमाडौँका सचिव गोविन्द पुडासैनी संयोजकत्वको उपसमितिले कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार बनाउन सुरु गरेको छ । यसबाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार बनाइने सचिव पुडासैनीले बताए ।

कांग्रेसले उत्साह, एकता र रुपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४औं महाधिवेशन भन्ने प्रचारात्मक नारा पनि तय गरेको छ । कांग्रेसको १४औं महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ