arrow

इतर समूहको बैठक निष्कर्षविहीन, ३ बजे फेरि बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
congress-leaders-district.gif

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार छान्न भन्दै बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ। बिहान १० बजेबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको संस्थापन इतर समूहको बैठकमा सभापतिको साझा उम्मेदवारबारे इतर समूहले आफ्ना पक्षबाट जिल्लाको नेतृत्वमा जितेका, उम्मेदवार बनेका, पूर्व जिल्ला सभापतिहरु र प्रदेशमा सभापति जितेका तथा उम्मेदवार बनेका र केन्द्रीय समितिमा रहेका नेताहरुसँग छलफल गरेको थियो ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बैठकमा संस्थापन इतर समूहमा रहेका केन्द्रदेखि जिल्लासम्मका नेताहरुसँग उम्मेदवारबारे राय लिएको जानकारी दिए । ‘हामीले सबै साथीहरुका राय लिएका छौं, साथीहरुका कुरा सुनेका छौं, अहिले नै उम्मेदवारबारे टुंगो लागेको छैन, दिउँसो ३ बजे फेरि बैठकमा बस्दैछौं’, केसीले बैठकपछि हाम्राकुरासँग भने ।

बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बस्नेछ । बैठकमा इतर समूहबाट सभापतिका आकांक्षी रहेका नेतासहित प्रभावशाली नेताहरु सहभागी हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ