arrow

टिमले भन्यो भने म पनि केन्द्रीय सदस्यको उम्मेदवार हुँ – शंकर गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
shankar-giri-congress-14th.gif

दाङ । नेपाली कांग्रेसका नेता शंकर गिरीले आफ्नो टिमले आफूलाई अघि सारे पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । दाङका पुराना नेता गिरी अहिले लुम्बिनी प्रदेशसभामा सांसद छन् । उनले औपचारिक घोषणा नगरे पनि केन्द्रीय सदस्यमा संस्थापन इतरबाट आफूलाई केन्द्रीय सदस्य लड्न आग्रह गरिए आफू पछि नहट्ने बताएका हुन् । 

‘टिम मिलाउँदा के हुन्छ हेर्दै जाउँ, म पनि केन्द्रीय सदस्यको दाबेदार हो’, गिरीले भने, ‘साथीहरुले प्रदेशबाट केन्द्रीय सदस्य लड्न भनिरहनुभएको छ, सबैसंग सल्लाह गर्दैछु, टिमले लड्न भन्यो भने त झन् म उम्मेदवार हुने कन्फर्म हो।’

लुम्बिनी प्रदेश अधिवेशनमा महामन्त्रीका प्रबल दाबेदार मानिएका गिरी पछि हटेका कारण उनको केन्द्रीय सदस्यमा बलियो सम्भावना रहेको नेताहरु बताउँछन् । 

२०३६ सालमा जनमत संग्रहका बेला दाङ कांग्रेसको सचिव भएका गिरी कांग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् । प्रभावकारी भाषणशैलीका कारण चर्चित गिरीले २०६२–६३ को जनआन्दोलनमा पनि सचिवको भूमिका कुशलतापूर्वक निभाएका थिए । 

पटक पटक समानुपातिक सूचीमा परेर पनि सांसद बन्न नपाएका गिरी पछिल्लो पटक भने लुम्बिनी संसदको सदस्य छन् । कांग्रेसमा निरन्तर क्रियाशील उनी अत्यन्त कम अवसर पाएका नेता मध्येमा पर्छन् । 

नेता गिरी कांग्रेसको नवौं महाधिवेशनदेखि लगातार महाधिवेशन प्रतिनिधि रहँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ