arrow

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
sita-gurung-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेस नेतृ एवं पूर्व राज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रवारदेखि सुरु हुने १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनले आदिवासी-जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उन हाल कांग्रेसको केन्द्रीय आदिवासी जनजाति विभागको प्रमुखसमेत छन् । कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरसहितका आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

पार्टीको पदाधिकारीमा महिलाको सङ्ख्या बढ्नुपर्ने बताउँदै उनले आफूले लामो समयदेखि पार्टीमा काम गर्दै आएको भूमिकाका आधारमा उम्मेदवारी घोषणा गरेको बताए । 

तेह्रथुमको आठराईमा जन्मिनुभएकी नेत्री गुरुङसँग नेविसङ्घको जिल्ला तहको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उनले नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव भएर काम गरेकी थिइन्।

पार्टीको १२औं र १३औं महाधिवेशन पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित उन २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवार हुन् । दुवै संविधानसभामा सदस्य रहेकी नेत्री गुरुङ २०७४ सालको नेका नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ