arrow

तनहुँ १ का क्षेत्रीय सभापति श्यामकुमार मौरती भन्छन् –कांग्रेसको नेतृत्व फेरिनै पर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
shyam-kumar-maurati-tanahu-.gif

काठमाडौं । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का सभापति श्यामकुमार मौरतीले पार्टीको १४ औँ महाधिवेशनमा पार्टीको नेतृत्व फेरिनु पर्ने बताएका छन् । पार्टीभित्र अराजकता एवं शहरमुखी कांग्रेस भएका कारण अब समावेशी र समानुपातिक कांग्रेस बनाउनका लागि नेतृत्व फेरिनु आवश्यक रहेको उनले बताएका हुन् ।

पार्टीमा अहिलेको नेतृत्वबाट समावेशीता नदेखिएको संकेत गर्दै उनले १६५ वटा संघीय निर्वाचन क्षेत्रमध्ये आफू एक जनामात्रै दलित सभापति रहेको बताए । उनले भने, ‘१६५ वटा संघीय निर्वाचन क्षेत्रहरुमध्ये एक जना मात्रै क्षेत्रीय सभापति दलित समुदायबाट म हो, त्यो पनि रामचन्द्र पौडेल, हाम्रा वरिष्ठ नेता बैकुण्ठ न्यौपाने, जिल्ला सभापति लगायतका नेताहरुको सहयोगमा ।’

नेता रामचन्द्र पौडेलले दलित समुदाय र पिछडिएको वर्गबाट पार्टीको संगठन निमार्ण गर्नुपर्छ, पार्टीलाई उर्जाशिल बनाउनु पर्छ भन्ने भावना राखेको क्षेत्रीय सभापति मौरती बताउँछन् । 

उनले भने, ‘अब वीपीले मानसिंह परिवारलाई महामन्त्री बनाउनु भयो, त्यसैगरी दलित समुदायबाट रामचन्द्र पौडेल बाले चाहि यो हाम्रो क्षेत्रबाट क्षेत्रीय सभापति चाहिँ दलित समुदायको व्यक्तिलाई बनाउँछु भनेर बनाउनु भयो । र दलित समुदाय र पिछडिएको वर्गबाट पार्टीको संगठन निर्माण गर्नुपर्छ । पार्टीलाई उर्जाशिल बनाउनु पर्छ भनेर लाग्नु भएको हो।’

यस्तै उनले १४ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व फेरिनु पर्ने टिप्पणी गरेका छन् । उनले भने, ‘पार्टीभित्र अलिकति अराजकता हाबी भएको अवस्था छ । राज्यको संयन्त्र पनि पार्टीको महाधिवेशनमा चाहिँ कताकता भित्रिएको अनुभव हामी कार्यकर्तालाई भइरहेको छ । त्यसकारण स्वच्छ, पवित्र कांग्रेस, निष्ठावान कांग्रेस र उर्जाशिल कांग्रेस निर्माणका लागि कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ । त्यो नेतृत्व पार्टीको सम्माननीय व्यक्त्वि रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति निर्माण हुनुपर्छ । त्यहाँ चाहिँ सबैलाई समेटेर निर्माण गर्ने ।’

यस्तै पार्टीलाई शहरमुखी नभइ गाउँमुखी बनाउनु पर्ने उनको भनाइ छ । यसका लागि संस्थापन इतर मात्रै क्षमतावान भएको उनी बताउँछन् ।

क्षेत्रीय सभापति श्यामकुमार मौरतीले भने, ‘सबल कांग्रेस बलियो कांग्रेस र यो जुन शहरमुखी कांग्रेस हैन्, गाउँमुखी कांग्रेस बनाउनुपर्यो, समावेशी हुनुपार्यो, समानुपातिक हुनुर्यो । शहरमुखी भन्दा पनि गाउँमुखी पिछडीएको भेग समेट्ने र त्यो समेटिएर कांग्रेसका संगठन राम्रो स्तरमा पुर्याउने नेतृत्वको हामीलाई खाँचो छ । त्यसको परिपुर्ती चाहि संस्थापन इतरका नेता, डा। शशांक कोइराला, प्रकाशमान सिंहबाट मात्रै त्यो सम्भावना छ र हामी चाहि त्यसको पक्षमा छौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ