arrow

बागलुङका पूर्व सभापति पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
prakash-sharma-baglung.PNG

बागलुङ । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काँग्रेस बागलुङका पूर्व सभापति प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संविधान सभा सदस्य समेत रहेका पौडेलले सामाजिक सञ्जाल मार्फत आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन । 

बागलुङ काँग्रेसको सभापति हुँदा जिल्लाको सङ्गठनलाई गतिशील बनाएका पौडेलले आफ्नो कार्यकालमा तत्कालीन तीन वटै क्षेत्रमा काँग्रेसलाई जिताएर बागलुङ जिल्ला भरी नै शाख जमाएका थिए ।

अघिल्लो १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवार दिएका पौडेलले यस पटक पनि आफ्नो उम्मेदवारी रहेको बताए । पौडेल जिल्लामा विकास प्रेमी नेताको रूपमा पनि चिनिन्छन् । उनी यस अगाडीको प्रदेश सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ (ख) को प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए । 
पौडेल नेतृत्व लिएर काालिगण्डकी करिडोर निर्माणका लागि नेपाली सेनालाई जिम्मा लगाएर जिल्लाको दक्षिण क्षेत्रलाई सडक सञ्जालले जोड्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । जिल्लामा सबै कार्यकर्ताको प्रिय पात्र भएका पौडेल यसपालि केन्द्रमा होमिएका छन् । 

२०३६ सालको आन्दोलन देखि निरन्तरका आन्दोलन जेलनेल र पार्टीको हरेक तहमा रही सफल नेतृत्वदायी भूमिका गरेका पौडेल जिल्लाबाट सात पटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । पौडेलले केन्द्रीय तहमा नेतृत्व गरेर पार्टी सङ्गठनलाई जुझारु बनाउनका निम्ति आफुले उम्मेदवारी दिएको उनले बताए । 

'मेरो उम्मेदवारी काँग्रेसलाई गतिशील बनाउनका लागि हो र जिल्लामा जसरी काम गरे केन्द्रीय नेतृत्वमा रहेर पनि त्यसै गरी काम गर्नेछु, पौडेलले भने,–'अबको काँग्रेस रूपान्तरणका निम्ति मेरो उम्मेदवारी हो । पार्टी भित्र रहेर सङ्गठन मजबुत बनाउनका लागि पहल गर्ने छु ।'

पौडेल काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन । जिल्लामा पौडेल निकटको राम्रो पकट रहेको छ । उनी काँग्रेसको गण्डकी प्रदेश समितिको उपसभापति वा महामन्त्रीको चर्चा चलेको थिए । पछि आफ्नै पूर्व सभापति हरिप्रसाद श्रेष्ठ उपसभापतिमा उम्मेदवार बनेपछि पौडेल पछि हटेका थिए । 

प्रदेशमा अग्रजलाई सम्मान गरेपछि अहिले आफू केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा उभिएको बताए । केन्द्रीय राजनीतिमा संस्थापन र संस्थापनइनतर समूहको प्यानलै बनाएर निर्वाचन हुने सम्भावना देखिएको छ । काँग्रेसको अधिवेशन मङ्सिर २४ देखी २८ गते सम्म काठमाडौं चल्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ