arrow

कांग्रेस नेतृ लक्ष्मी पाण्डेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
Laxmi Panday.jpg

पोखरा । नेपाली काँग्रेसकी नेतृ लक्ष्मी पाण्डेले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् । 

कास्की काँग्रेसकी निवर्तमान कोषाध्यक्षसमेत रहेकी पाण्डेले कांग्रेस जिल्ला समिति कोषाध्यक्षहरुको राष्ट्रिय समितिको महासचिव हुन् ।

उनी कास्की क्षेत्र नं. २ बाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी नेतृ पाण्डेले अघिल्लो महिनादेखि नै पार्टीका नेताहरुसंगको भेटघाट र छलफल तीव्र बनाएकी थिइन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीति शुरुआत गरेकी पाण्डे १२औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा निर्वाचित भएकी थिइन् । 

नेविसंघको राजनीतिक आन्दोलनका क्रममा र २०६२/०६३ को जनआन्दोलनमा उनी पटकपटक प्रहरीबाट गिरफ्तारीमा परेकी थिइन् । 

उनले पार्टीलाई सुदृढ र नयाँ पुस्तालाई आकर्षित बनाउन आफू समर्पित हुने प्रतिवद्धता जनाएकी छन् । 

‘कांग्रेसप्रति यससमय नयाँ पुस्ताको लोभलाग्दो आकर्षण देखिन्छ । तर पार्टीका भातृ संगठनहरुमा लामो समयदेखि नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन्,’ उनी भन्छिन्, ‘यसलाई संबोधन गराउनका लागि पनि पनि मेरो आवश्यकता छ ।’ 

पार्टीलाई सशक्त र चलायमान बनाउन इच्छाशक्ति भएको नेतृत्व आवश्यक हुने हुँदा प्रतिनिधिहरुले सो अनुसारको नेतृत्व चयन गर्नेमा उनी आशावादी छन् । 

हालसम्म पार्टीका विभिन्न जिम्मेवारीमा रहँदा जस्तै कार्यभार प्रतिनिधिहरुले केन्द्रीय समितिमा पु¥याएर पुनः सुम्पिनेमा उनी विश्वस्त छिन् । 

‘अवसर पाएमा प्रमाणित गर्ने ठाउँमा म पुग्ने छु । आशा छ, महाधिवेशन प्रतिनिधिहरुले मलाई केन्द्रीय समितिमा अवसर दिनुहुने छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ