arrow

कांग्रेस सह-महामन्त्री पदमा डा.डिला संग्रौलाले गरिन उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
dila-sangraula2.jpg

काठमाडौं । नेपाली कांग्रेसकी चर्चित नेतृ डा.डिला संग्रौलाले १४औं महाधिवेशनमा केन्द्रीय सह महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौंको पुतलीसडकस्थित बग्गीखाना नजिकै सम्पर्क कार्यालय खोलेर चुनावी अभियानलाई तिब्रता दिएकी छन् ।

हाल केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समेत रहेकी डा.संग्रौलाले हालसम्म आफूले पार्टी भित्र र नागरिक अधिकारका लागि राष्ट्रव्यापी विभिन्न अभियानहरुमा अग्रमोर्चामा रहेर खेलेको भूमिकालाई अझ शसक्त बनाउन सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको जानकारी दिइन ।

नेपाल महिला संघको राष्ट्रिय अध्यक्ष समेत भइसकेकी उनी सदन र सडकबाट समग्र महिलाहरुको मुद्दा उठाएर अभियानको रुपमा लैजाँदै आएको साथै महिला सशक्तिकरण, महिला अधिकार, युवाका समस्या, सामाजिक मुद्दा सबै जोडतोडका साथ उठाउँदै आएकाले १४औं महाधिवेशनमा देशभरका प्रतिनिधिहरुको माया र सदभावले थप जिम्मेवारी पाउने विश्वास लिएको बताइन ।

नेपाली जनता, राष्ट्रियताको रक्षा र लोकतन्त्रको अग्रपंक्तिमा उभिएर शसक्त भूमिका निर्वाह गर्दै आएकी उनी दाङमा महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित बनेकी हुन ।

२०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा शसक्त भूमिका निर्वाह गरेकी उनी विवाह गरेर मोरङ गएपछि महिला संघमा सक्रिय भएकी थिइन । कांग्रेस मोरङको उपसभापति हुँदै नवौं महाधिवेशनबाट निरन्तर प्रतिनिधि हुँदै आएकी उनी आफू सह महामन्त्री पदको शसक्त दाबेदार रहेको दाबी गर्छिन ।

प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमीबाट राजनीतिमा आएकी डा.संग्रौला भन्छिन्,‘अब विचार बोक्ने कांग्रेस, परिवर्तित, संगठित र निष्ठावान कांग्रेस आवश्यक भएकाले समुन्नत राष्ट्र र जनताका लागि समर्पित कांग्रेस हुनुपर्ने मेरो धारणा हो ।’ महिलाहरुलाई क्लष्टर भित्र ५१ प्रतिशतमा मात्र कैद गर्दा समानता नहुने भएकाले खुल्ला प्रतिस्पर्धामा महिलाहरुलाई अगाडि बढाउनु पर्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ