arrow

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
dish-home-offer12321.gif

काठमाडौं । डिशहोम फाईबरनेटले डाइनामिक कम्बो प्याक अफर अन्तर्गत ४० एमबीपीएस इन्टरनेट वार्षिक मात्र रु १२,९९९ मा ल्याएको छ । जस अन्तर्गत डिशहोम फाईबरनेटसँगै डिशहोम टीभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकले पाउने डिशहोमले जनाएको छ । 

यो सुविधा २५ एमबीपीएस वार्षिक रु ११,५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ । साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित आकर्षक छुटहरु, निःशुल्क डिशहोम जीओ एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् । डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ