arrow

गण्डकीका मुख्यमन्त्रीद्धारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
Krishna chandra nepali.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री पोखरेलले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । 

पार्टीको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अहिले सहमहामन्त्रीमा उम्मेदवारी दिने चर्चा चलेको थियो ।

तर उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने भन्दै युवापुस्तालाई पार्टीको नेतृत्वमा पुर्याउनका लागि, सहमहामन्त्रीमा उनीहरुलाई अवसर दिनकै लागि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।

कांग्रेसका संस्थापक विपिको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि एक पटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उनले बताए । 

मुलुकलाई अप्ठ्यारो परेका बेला निकाश दिने नेपाली कांग्रेस नै भएकाले अबका चुनावमा प्रष्ट बहुमत ल्याउनका लागि त्यसै अनुसारको तयारी गरेर अगाडि बढ्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ