- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन इतर समूहबाट सभापतिमा साझा उम्मेदवार चयन गर्न नसकिरहेको अवस्थामा सिंहको यस्तो अभिव्यक्ति आएको हो ।
काठमाडौंको बानेश्वरमा विहीबार सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलाई विधि सम्मत, नियम सम्मत र संस्थागत रुपमा अगाडि बढाउन आफू सभापतिका रुपमा उभिएको बताए ।
उनले सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले कांग्रेसलाई बिशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको बताए ।
कार्यक्रममा सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन कसिुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुःख समेत ब्यक्त गरे ।
पार्टी भित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई बिधि बिधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताएका हुन् ।