arrow

पौडेलसँगको भेटपछि डा.कोइरालाले भने: सभापतिको दौडबाट पछि हट्दिन, सहमति भए बाधक बन्दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
ramchandra-shaker.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि साझा उम्मेदवारको तयारीमा जुटेको संस्थापन इतर समूहका उम्मेदवारहरुले आफ्नो अडान कायम राखेका छन् ।

विहीबार विहान मात्र सभापतिका आकांक्षी प्रकाशमान सिंहले एक सार्वजनिक कार्यक्रममा सभापतिको दौडबाट पछि नहट्ने दाबी गरिरहंदा अर्का आकांक्षी डा. शेखर कोइरालाले भने रामचन्द्र पौडेलका नाममा समर्थन गर्ने संकेत गरेका छन् ।

बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेर डा.कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्था आए आफ्नो समर्थन पौडेललाई नै रहने बताए । उनले सहमतिका आधारमा साझा उम्मेदवार चयन गर्नुपर्ने धारणा राखेका छन् ।

१३औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएदेखि नै देश दौडाहामा रहेका डा. कोइराला डेढ बर्ष अघिदेखि सभापतिको दौडमा थिए । बहुसंख्यक केन्द्रीय सदस्य तथा प्रतिनिधिहरुको सुझाव अनुसार पौडेलको नाममा सबैको समर्थन रहे आफू ब्याक हुने संकेत उनले गरेका हुन् । तर अरुकै नाममा सहमति भए सभापतिको दौडबाट भने पछि नहटेको बताए ।

डा.कोइराला सचिवालय स्रोतले भन्यो,‘देशभरका प्रतिनिधि तथा नेता कार्यकर्ताहरुको सुझाव अनुसार उहाँ अघि बढ्नुभएको हो । सभापतिको दौडबाट पछि हट्नु भएको छैन । सबैको सल्लाह अनुसार नै एक किसिमको मनस्थिति तयार पार्नु भएको छ । पौडेलका नामम सबैको समर्थन रहे बाधक नबन्ने तर अरु उम्मेदवारले नछाडे आफूलाई सहयोग गर्न उहाँले पौडेलसँग आग्रह गर्नुभएको छ ।’

कोइरालाले पौडेलसमक्ष आफू पछि हटे प्रकाशमान सिंहले पनि सभापतिको दौडबाट रोकिनुपर्ने शर्त अघि सारेका छन् । यता डा.शशांक कोइरालाले भने यसअघि नै पौडेलको नाममा व्याक हुने बताइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ