- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनबाट सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको बताएका छन् ।
कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस एण्ड नेसन बिल्डिङ’ नामक पुस्तकको बिहीवार काठमाडौंमा विमोचन गर्दै उनले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका हुन् ।
नेपालको प्रजातान्त्रिक भविष्यका लागि अहिलेको महाधिवेशन अत्यन्तै महत्वपूर्ण भएकाले सहमतिमै नेतृत्व चयन हुने र आगामी आम चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।
‘हामीहरु भरसक सहमतिका साथ अगाडि जान्छौं । नभएको प्रजातान्त्रिक तरिकाले अघि बढ्छौं’, उनले भने,‘केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला तर प्रतिस्पर्धामा जीतहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने हो । यसलाई सामान्य प्रक्रियाका रुपमा लिंदै कुनै किसिमको कटुता, मनोमालिन्य, एकअर्कामा असहिष्णुता नआओस् भन्ने हो ।’
देउवाले नेपालको प्रजातान्त्रिक भविष्यका लागि नेपाली कांग्रेसको १४औं महाधिवेशन महत्त्वपूर्ण रहेको दाबी पनि गरे ।