- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोली शुक्रबार उद्घाटन हुँदै छ। काठमाडौंको भृकुटी मण्डपमा भोली १ बजे महाधिवेश उद्घाटन गर्ने कार्यक्रम छ।
कांग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन २४ मंसिर विहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता २५ मंसिर विहान १० देखि ५ बजेसम्म हुनेछ।
यस्तै दावी विरोधको समय सोही दिन बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही दिन नै राति ९ देखि १२ बजेसम्म हुनेछ। यस्तै मनोनयनपत्र फिर्ताका लागि २६ गते बिहान ११ बजेसम्मको समय तोकिएको छ।
यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर २७ मंसिर विहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रियसभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ।
यस्तै सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै हुनेछ। सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरुको मतगणना पार्टी केन्द्रीय कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस महाधिवेशनमा करिब ४६ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने अनुमान छ।