- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले महाधिवेशन लड्दै गर्दा आउने निर्वाचनका लागि शक्ति जम्मा गर्दै जानु पर्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरेका नेता उमेशजंग रायमाझीले यो महाधिवेशन विभाजन र तिक्तताको आधार नभएर एकताको आधार र एकताको अधिवेशन रहेकोसमेत बताएका छन् ।
प्रजातन्त्र बलियो बनाउन देशलाई नयाँ विचार, नयाँ समृद्धि र नयाँ उचाइको मार्गमा लैजान कांग्रेस आवश्यक रहेको उनको भनाइ छ । ‘गरिवी, अशिक्षा, बेरोजगारी, असुरक्षा, अन्तर्राष्ट्रिय स्तरका समीक्षा लगायतका विभिन्न चुनौती हामीसँग छन्, त्यसका लागि कांग्रेसमा छलफल जरुरी छ । र त्यसका लागि वातावरण बनाएर यो देशका विज्ञ र विद्धानहरुलाई परिचालित गरेर आइडिया लिएर मुलुकलाई नेतृत्व गर्नुपर्ने आवश्यकता छ’, नेता रायमाझीले भने ।
१३ वर्षको उमेरमा गिरफ्तारीमा परेसँगै नेपाली कांग्रेसको राजनीति शुरु गरेका नेता उमेशजंग रायमाझीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । गिरफ्तारीमा परेपछि विसं २०३७ सालमा नेविसंघको स्कुल कमिटी अध्यक्ष हुँदै उनी भोजपुर जिल्ला कमिटी अध्यक्ष भएका थिए । लोकतन्त्रका लागि लड्दै गर्दा जिल्ला अध्यक्ष हुँदा विराटनगर जेलमा समेत जीवन बिताएको उनी सम्झन्छन् ।
कांग्रेस यो मुलुकको मुल राजनीतिक शक्ति भएका कारण डेमोक्रेसीलाई ठीक गर्न पहिला कांग्रेसलाई ठीक पार्नु पर्ने नेता उमेशजंग रायमाझी बताउँछन् । उनले भने, ‘कांग्रेस यो मुलुकको मुल राजनीतिक शक्ति हो, मुलधार हो, र कांग्रेसलाई ठीक नगरेसम्म डेमोक्रेसी ठीक हुन्न । डेमोक्रेसी ठीक नभएसम्म मुलुकको कुनै पनि पाटोको विकास र समृद्ध सम्भव छैन ।’
‘समृद्धि मात्रै हैन समृद्धि सँगसँगै समुन्नति अर्को महत्वपूर्ण पाटो रहेको उनी बताउँछन् । हाम्रो कुरा समृद्धि मात्रै हैन, हाम्रोकुरा समुन्नति पनि हो । हाम्रो समाजवाद भनेको समुन्नति हो । हामी प्रजातान्त्रिक सामाजिक व्यवस्थागत विचारले नै नेपालको रुपान्तरण र परिवर्तन र नेपालको सुन्दर भविष्य छ भन्ने दृष्ठिकोण राख्छौं’, नेता रायमाझीले भने ।
‘त्यसका लागि कांग्रेस ठीक हुन जरुरी छ । हामीसँग कमीकमजोरी र असक्षमता छन् । गर्नुपर्ने काम गरेकै छैनौँ । कानूनमा नगर्नु भनेको अपराध हो । राजनीतिमा समाजमा नगर्नु भनेको गर्नु पनि अपराध हो’, उनले अघि भने ।
२०४८ सालमा नेता उमेशजंग रायमाझी नेविसंघको केन्द्रीय उपाध्यक्ष बनेका थिए । २०५३ सालमा नेविसंघको महामन्त्रीसम्म बन्दा लोकतन्त्रका लागि महत्वपूर्ण योगदान दिँदै आएका नेता रायमाझीले पौने ४ वर्ष जेल जीवन बिताएको बताउँछन् ।
कांग्रेस किन हुने भनेर युवाहरुलाई स्पष्ट बिचार प्रवाह गर्नु आवश्यक रेको उनको भनाइ छ ।
‘हामीले यहाँ गर्नु भनेर नगरेका कामले नै धेरै वेथिती फैलिएको छ । हामीले समयमै अधिवेसन गर्नुपर्थ्यो, त्यसो सकनौँ, कांग्रेसलाई व्यवस्थीत गर्नुपर्थ्यो, युग सापेक्ष बनाउनु पर्थ्यो, बिचार को प्रवाह गर्नुपर्थ्यो, नयाँ पीँडीलाई नयाँ सन्देस दिनु पर्थ्यो ।’
कांग्रेस किन हुनेत उनले प्रश्न गर्दै भने, ‘बाजे कांग्रेस थियो त्यसैले कांग्रेस कि ? छिमेकी कांग्रेस भनेर कांग्रेस हुने हो कि, जागिर पाउँछ भनेर कांग्रेस हुने कि ?
उनले अघि भने, ‘कांग्रेस भनेको इतिहास, वर्तमान र भविष्य हो । विचार, त्याग र तपस्याका दृष्टिकोणले र आउने सम्भावनाका दृष्टिकोणले कांग्रेस अपरिहार्य हो भनेर ब्याख्या गर्ने र नयाँ पिढिलाई बुझाउने यो चुनौती पार गर्नुपर्नेछ । त्यसैले मेरो उपस्थितीले कांग्रेस बलियो बन्नेमा विश्वास गर्छु ।’
विसं ७०७४ मा प्रतिनिधिसभा निर्वाचनमा चुनाव लडेका नेता उमेशजंग रायमाझी कम्युनिस्टपार्टीहरु मिलेर एक नभएको भए आफूले जितेको बताउँछन् ।
‘डेमोक्रेसी भनेको स्वस्थ्य प्रतिस्पर्धा नै भएका कारण यो अधिवेशनमा कोही न कोही पक्कै हार्नेमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ । तर हार्नेले आत्तिनु पर्ने र जित्नेले मात्तिनुपर्ने छैन । सबै मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने छ । चुनाव आउँदै छ कांग्रेस एक भएर जुट्न सक्यो भने मात्र आउने चुनाव हामी हाम्रो पक्षमा लिन सक्छौं’, उनले भने ।
यो महाधिवेसनबाट आउँदो चुनावका लागि शक्ति सञ्चित गर्नुपर्ने बताउँदै नेता उमेशजंग रायमाझीले भने, ‘यो अधिवेसन लडिरहँदा शक्ति चाहिँ आउने चुनावका लागि जम्मा गर्दै जानुपर्छ । यो विषयमा हाम्रा कांग्रेसजनहरु सबैको ध्यान जाओस् र गम्भीर बन्ने शक्ति पनि यो अधिवेशनले दियोस् । यो हाम्रो विभाजन र तिक्तताको आधार हैन कि एकताको आधार, एकताको अधिवेशन र शक्ति संचय गर्ने आधार बनोस् भन्ने मेरो कामना छ ।’