arrow

कृष्ण सिटौलाले भने, ‘म जहाँ छु त्यहीँ कांग्रेस हुन्छ’, समूहको सबै जिम्मा प्रदीप पौडेललाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
krishna-prasad-sitaula-2021.gif

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ छन् त्यहीं कांग्रेस भएको बताएका छन् । गौशालामा आफू निकटका नेता, कार्यकर्ताहरुसँगको भेटघाटमा उनले भने, ‘म जहाँ छु त्यहीं कांग्रेस हुन्छ ।’

उनले पार्टीको १३ औं महाधिवेशनमा सानो समूह बनाएको सम्झदै नेता सिटौलाले अहिले आएर देशभर झांगिएको बताए । उनले आफूसँग लागेका सहकर्मीहरुलाई स्थापित गरेर मात्र आफूले विश्राम लिनेसमेत बताएका छन् । 

उनले भने, ‘म कहीं नरहन पनि सक्छु । तर मसँग लागेका साथीहरुलाई स्थापित गर्ने दिशामा केन्द्रीत रहन्छु । साथ दिने साथीहरुलाई स्थापित गराइछाड्छु ।’

टिम बनाएर महाधिवेशनमा लड्ने बताउँदै आएका सिटौलाले आजको कार्यक्रममा भने सबै खुलासा पर्सी शनिबार मात्र गर्ने बताए । उनले भने, ‘म बोल्छु, सबै कुरा पर्सी बोल्छु ।’

उनले आफ्नो समूहको सबै जिम्मेवारी युवा नेता प्रदीप पौडेललाई दिएको बताए । पौडेलले महामन्त्रीमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ