- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको "चाडपर्वको बहार दिनदिनै उपहार" योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ। यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौँ मध्ये गोला प्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा गरेका थिए।
शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा सिधै बैङ्क डिपोजिट गरेका थिए। उपहार चाहिँ, विजेता स्वयम् स्विडेन मै रहनु भएकाले उनका प्रतिनिधिले लिएका थिए।
विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले गर्नुभएको थियो। असोज २ गतेबाट सुरु भएर मङ्सिर २ मा समापन भएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी“ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सर ग्राइण्डर प्रदान गरिएको थियो।
हाल इसेवामनी ट्रान्सफरको सेवा, २६ अन्तर्राष्ट्रिय पार्टनरको माध्यमबाट संसारका २०० बढी मुलुकमा पुगिसकेको हुनाले योजनामा उल्लेखनीय सहभागिता देखिएको थियो। इसेवामनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरूको र ६५ भन्दा बढी बैङ्क खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।
इसेवा मनि ट्रानसफरले आफ्ना सेवा ग्राहीहरूलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसङ्ख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।