arrow

कांग्रेस नेता महादेव गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
Mahadev Gurung.jpg

पोखरा । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरूङले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल तरूण दलका पूर्व अध्यक्षसमेत रहेका गुरूङले आज उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेस संस्थापक विपि कोइरालाका अनुयायी गुरूङले आफ्नो उम्मेदवार सार्वजनिक गर्दै नेपाली कांग्रेसलाई विपिको विचारमा ल्याउन लड्ने प्रतिवद्धता जनाए । 

उनले करिब ४५ वर्ष कांग्रेसको राजनीति गरेका छन् । पार्टी एकढिक्का हुनुपर्छ र पार्टी विधि विधान अनुसारमात्र सञ्चालन हुनुपर्छ भन्दै उनी कुनै पनि नेताको पछि लागेनन्, कुनै पनि गुटमा सामेल भएनन् ।

गुरुङ पार्टीका असल, निष्ठावान र ईमान्दार नेताका रुपमा परिचित छन् । साथै युवा र सबै तहका नेता, कार्यकर्ता माँझ उनी लोकप्रिय पनि छन् । नेता गुरुङ जिविस कास्कीका पूर्व सभापति समेत हुन् । 

उनले युवालाई एकीकृत बनाउँदै पार्टीको महत्वपूर्ण जिम्मेवारीमा पनि युवालाई नै पुर्याउने योजना बनाएका छन् । 

उनी पार्टीको १३ औं महाधिवेशनमा जनजाति कोटाकोतर्फबाट केन्द्रीय सदस्य पदमै चुनाव लडेका थिए । गुरुङ २०३९ सालमा नेविसंघको महामन्त्री र २०५८ सालमा नेपाल तरुण दलको अध्यक्ष भएर काम गरेका थिए । उनी २०५६ सांसद र २०५७ सालमा राज्यमन्त्री बनेका थिए ।

कांग्रेस पार्टीलाई अझ सशक्त, सबल, सुदृद्ध र एकतावद्ध बनाउन आफूले सक्दो भूमिका खेल्ने उनको प्रतिवद्धता छ । 

नेपाली कांग्रेसले विपिको विरासत र विचार बिर्सिएको भन्दै नेता गुरूङले कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोमा ल्याउन पनि आफ्नो उम्मेदवारी रहेको तर्क गरे ।

भ्रष्टाचार विरोधीको छवि बनाएका नेता गुरूङले कांग्रेस शुद्धिकरणको अभियान पनि आफ्नो मूल मुद्दा रहेको बताए । 

कास्की क्षेत्र नं. ३ बाट महाअधिवेशन प्रतिनिधि निर्वाचित नेता गुरूङलाई कांग्रेसका संस्थापक विपि कोइराला, गणेशमान, सुर्वण शम्शेर, गिरिजादेखि सुशिलमात्रै होइन वर्तमान सभापति शेरबहादुर देउवाले समेतले जुझारू संगठकका रुपमा चिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ