arrow

नाडा अध्यक्षमा ध्रुव थापा

logo
हरि पन्त, 
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
nada.jpg

पोखरा। अटोमोवाइल्स डिलर एशोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा पोखराका ध्रुव थापा विजयी भएका छन्। प्रतिस्पर्धी करण चौधरीलाई ६६ मत अन्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका हुन्। थापाले एक हजार ४ सय १३ र चौधरीले एक हजार ३ सय ४७ मत प्राप्त गरे। 

निर्वाचनमा सदस्यतर्फ चौधरीको समूहका १२ जना र थापा समूहका पाँच जना विजयी भएका छन्।

चौधरीको समूहबाट मिलनबाबु मल्ल १४६५, अनुपकुमार मल्ल १४६३, राजनबाबु श्रेष्ठ १४५७, सुरेन्द्र कुमार उप्रेती १४३२, सुनिल रिजालले १४०२ मत प्राप्त गरी विजयी भएका छन्।

त्यस्तै, अभिक ज्योती १३८३, प्रकाश कपुरी १३७९, बिक्रम सिंहानिया १३७१ गोपाल भट्टराई १३६५, निलमणि पाठक १३५४, वरदान बस्नेत १३५० र पंकज अग्रवालले १३३४ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै, थापाको समूहबाट निराकर श्रेष्ठ १३६४, यमुना श्रेष्ठ १३५५, कपिल शिवाकोटी १३४८, प्रदीपमान प्रधान १३४६ र आकाश गोल्छाले १३३९ मत प्राप्त गरेका छन्।

संस्थागत सदस्यतर्फ भने सर्वसम्मत भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ