arrow

पोखरामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
truck accident.jpg

पोखरा । पोखराको विजयपुरमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र परिचय खुल्न नसकेका एक पुरुष रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

पृथ्वीराजमार्ग स्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना भएको । 

लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ख २९४८ नं.को फलामे छड (रड) बोकेको ट्रक आफै अनियन्त्रित भइ विहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो ।

दुर्घटनामा ट्रकको अगाडिको भाग पूरै ध्वस्त भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ