- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ‘कांग्रेस भनेको मेरी आमा हो, बुबा हो, दाइ हो, दिदी हो, श्रीमान् हो, छोराछोरी हो, सबै हो, संसार हो ।’ कालीकोटकी महाधिवेशन प्रतिनिधि भावना शाहीले यो एक वाक्य बोल्दै अगाडि भनिन्, ‘कांग्रेस मेरो संसार हो, आशा हो, भरोसा हो, मेरो भविष्य हो, मेरो जिन्दगी हो ।’
सिङ्गो जीवन नै यही कांग्रेसका लागि बिताउने प्रण गरेकी भावना शाहीले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा लड्ने घोषणा गरेकी छिन् । आजदेखि भृकुटीमण्डपमा महाविधेशन शुरु हुँदै गर्दा उनले खस–आर्यबाट केन्द्रीय सदस्यमा महाधिवेशनमा उम्मेदवारी दिने बताएकी छिन् ।
संस्थापन पक्षबाट निकै चर्चामा रहेकी शाही १४ कालीकोटबाट १४ औं महाधिवेशन प्रतिनिधि भएर आएकी हुन् । उक्त क्रममा उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् ।
कालीकोटको विकट ठाउँबाट राजनीतिबाट होमिएकी शाहीले लामो समयदेखि पार्टीकै लागि योगदान दिँदै आएकी छिन् । कांग्रेस महाधिवेशनमा युवाहरुको दरिलो उपस्थिति भएकामा शाही पनि काम गरेर देखाउने प्रवल युवामा पर्छिन् भनुमा दुईमत नहोला ।
उनी आफ्ना विचारहरु सामाजिक संजालमार्फत दैनिक राख्ने गरेकी छिन् । ताकि उनका विचारहरु धेरै ठाउँमा फैलिउन् । सबैकी प्रिय पात्र लाग्ने शाहीले संचारमाध्यममा पनि आफ्ना विचारहरु लेख्ने गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘विधिको शासन कांग्रेसको मान्यता हो । यसको मूल्यका लागि कांग्रेसले लामो लडाइ लडेको छ । विधिका सामु प्रत्येक नागरिक बराबर हुन्छन् । न्याय सबैका लागि समान हो । प्रत्येक नागरिकको अधिकार सुनिश्चित विधिबाट नै हुन्छ र शासन सत्ता चलाउने पनि त्यही विधिबाटै निर्देशित हुनुपर्दछ ।’
उनी अगाडि भन्छिन्, ‘विधि भन्दा कोही व्यक्ति वा पद कहिल्यै ठूलो हुन सक्दैन । विधिले नै पद्धतिलाई परिभाषित गरिरहेको हुन्छ जसलाई हामी सबैले मान्छौं। यसको साथै लोकतान्त्रिक प्रक्रिया र साधनको पवित्रता उच्चस्थानमा रहनु पर्ने हाम्रो मान्यता छ भन्ने कुराको अवगत गराउँदै १४औं महाधिवेशनमा पाल्नुहुने ७७ वटै जिल्लाका सभापति एवं सात प्रदेशका सभापति र सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरुलाई काठमाडौंमा हार्दिक स्वागत गर्दछु ! कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछु जय हो ।’
सबैकी लोकप्रिय भावनाले आफ्ना भावनाहरु व्यक्त गर्दै आफूलाई मत दिएर केन्द्रीय सदस्य बनाई थप सेवा गर्ने मौका दिन पनि समग्र महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेकी छिन् ।
यसअघि उनलाई कर्णाली प्रदेशको सहमहामन्त्रीमा लड्न दबाब आएको थियो । तर पार्टीको संगठन मिलाउने क्रममा अग्रजको सम्मान र युवालाई साथ लिएर जानुपर्ने वाध्यताका कारण उनले त्यो पद छाडेर पार्टीमा सौहार्द वातावरण बनाउन अहम् भूमिका खेलेकी थिइन् ।
उनी राजनीतिका बारेमा भन्छिन्, ‘राजनीति सम्मानित पेशा हो र यो समाजसेवा पनि हो । यसको पवित्र उद्धेश्य हुन्छ । नेपाली कांग्रेसको स्थापना नै जनताको समग्र मुक्तिका लागि भएको हो । त्यसैले आफ्नो इच्छा राख्नु स्वभाविक छ ।’