arrow

कांग्रेस महाधिवेशनः गण्डकीबाट तीन दर्जन बढी नेताहरु आकांक्षी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
congress-gandaki-province-11111.jpg

पोखरा । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट तीन दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् । गण्डकीबाट ४८० जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन् ।

केही नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने केही नेता केन्द्रको समीकरण कस्तो बन्छ त्यसैका आधारमा अघि बढ्ने तयारीमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सभापतिमा चाहना गरेका छन् । तर उनकै पक्षका केही नेताले सभापतिको दावी नछाडेपछि उनी तनावमा छन् । उनले राजनीतिबाटै लिने बताउँदै आएका छन् ।

कांग्रेसका पूर्वउपभापति गोपालमान श्रेष्ठले पदाधिकारीमा दावी गरिरहेका छन् । उनले आफूले सभापतिमा उम्मेदवारी दिने बताउँदै आए पनि पछिल्लो समयमा मुख खोलेका छैनन् ।

यस्तै, नेता प्रदीप पौडेलले महामन्त्रीमा चाहना गरेका छन् भने जीवन परियार, गोविन्द भट्टराई, शंकर भण्डारी र धनराज गुरुङले सहमहामन्त्रीमा दावी गरेका छन् ।

यसैगरी राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकीका मुख्यमन्त्रीसमेत रहेका कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री विन्दुकुमार थापा, मणिभद्र शर्मा कँडेल, पूर्व कानूनमन्त्री यज्ञबहादुर थापा, पूर्वराज्यमन्त्री महादेब गुरुङ, नेतृ लक्ष्मी पाण्डे, माया बराल, नेताहरु शोभियतबहादुर अधिकारी, देवराज चालिसे, गुरु बराल, निर्मल कर्माचार्य, वीरेन्द्रनारायण विजुक्छे र ऋषि काफ्लले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । 

यसैगरी तनहुँका डोबाटे विश्वकर्मा, ध्रुव वाग्ले, रामचन्द्र पोखरेल, पर्वतका नवराज गुरुङ, बागलुङका नेता एवं पूर्व सांसद प्रकाश शर्मा पौडेल, नेता डिल्लीराम सुवेदी र अर्जुन शेरचन, टेकराज पौडेल, दक्ष पौडेल, नेतृ शकुन्तला शर्माले पनि केन्द्रीय सदस्यमा चाहना गरेर उम्मेदवारी घोषणा गरेका छन् ।
 
यस्तै, विनोद चौधरी, विष्णुदेवी पाण्डे, विष्णुकुमार कार्की, ओमबहादुर घर्ती मगर, शंकर तिवारी, सीता पाण्डे, रोमी गौचन थकाली लगायतका नेताहरु पर्ख र हेरको अवस्थामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ