- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा अल्पसंख्यक कोटाबाट नेता टीकाराम सुव्बा(लाप्चा)ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वि.स.२०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय लाप्चा कांग्रेसको इलाम कांग्रेसको क्षेत्रीय सभापति हुँदै संविधान सभा सदस्य समेत भइसकेका छन् ।
कांग्रेसको नवौं महाधिवेशनबाट निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै आएको उनले संविधान सभामा पटक पटक अल्पसंख्यक, पिछडिएका बर्ग साथै आदीवासी जनजाती साथै आम नागरिकका अधिकारको आवाज उठाउँदै आएका छन् ।
नेपालमा प्रजातन्त्र प्राप्ती र वहुदलका पक्षमा स्वदेश मात्र नभइ भारतको आसाममा बसेर समेत सक्रिय भूमिका निर्वाह गरेका लाप्चाले अल्पसंख्यक कोटाबाट आफू केन्द्रीय सदस्यमा निर्वाचित हुने विश्वास ब्यक्त गरेका छन् ।
‘संविधान सभा सदस्य रहँदा देशभरका साथीहरुसँग जोडिने मौका पाएको छु । कांग्रेसका विभिन्न अभियानहरुमा हिंडदामा पनि प्रतिनिधिहरुसँग निरन्तर साक्षरता गरिरहेको छु । सबैले सकरात्मक प्रतिक्रिया दिनुभएको छ । सबैको मायाले केन्द्रीय सदस्यमा विजयी भएर अझ शसक्त भूमिका निर्वाह गर्नेछु’ उनले भने । कांग्रेसको महाधिवेशन आज २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।