- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा रसुवाका सांसद इन्जिनियर मोहन आचार्यले उम्मेदवारी दिने भएका छन्।
सांसद आचार्यले आज साँझ एक कार्यक्रमका बीच केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। घोषणा सभामा उनले नेपाली काँग्रेसमार्फत आम नेपालीको जीवनस्तर उकास्नका साथै स्वरोजगार मूलक अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको बताए।
काँग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित विशेष समितिको सदस्यसमेत रहनुभएका आचार्य रसुवामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गरेका थिए।
बिस २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विगत चार वर्षमा विभिन्न खालका विकास निर्माणले तीव्रता पाएको छ।