- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शुक्रबार दिउँसो उदघाटन भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विभिन्न दलका शीर्ष नेता तथा भारतीय नेताहरु सहभागी भएका छन् ।
पार्टी सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु मञ्चमा देखिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली ढिला गरी उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका छन् ।
कांग्रेसलाई महाधिवेशन सफलताको शुभकामना दिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरु भृकुटी मण्डपको मञ्चमा पुगेका छन् । त्यस्तै मालेका महासचिब सीपी मैनाली मन्चमा पुगेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ढिला गरी मन्चमा पुगेका छन् ।
त्यस्तै भारतबाट आएका भारतीय जनता पार्टीका नेता हर्षबर्धन र भारतीय कंग्रेसका मुकुल वासिक पनि उपस्थित भएका छन् । दिउँसो १ बजेका तय भएको उद्घाटन कार्यक्रम २ः१५ मा मात्र शुरु भएको हो । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् ।