- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष ढिला गरी सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यक्रममा पुगेका छन् । भृकुटीमण्डपमा भइरहेको कांग्रेसको उद्घाटन सत्रमा एमाले अध्यक्ष ओली एक घण्टा ढिला गरी पुगेका हुन् ।
उनले मञ्चमा रहेका सबैलाई नमस्कार गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि नमस्कार गरे । तर प्रचण्डले फर्काएनन् ।
गत मंसिर १० गते एमालेले चितवनमा गरेको १० औं महाधिवेशनमा भने कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उद्घाटन समारोहमा गएर शुभकामना दिएका थिए । उनले निम्तो पाउनासाथ आफू शुभकामना दिन चितवन पुग्ने बताएका थिए ।
तर दुर्भाग्य उनले सम्वोधन गर्ने क्रममा सहभागी एमालेका कार्यकर्ताले होहल्ला गरेका थिए । उक्त कार्यक्रममा प्रचण्ड गएनन् ।
त्यसैगरी एमालेले नेकपा एकीकृत समाजवादीलाई निम्तोसमेत गरेको थिएन । ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भएको कार्यक्रममा नजाने बताउँदै आएका थिए ।
ढिला गरी पुग्दा एमालेले कांग्रेसको उद्घाटन कार्यक्रम बहिस्कार गरेको त हैन ? भनी चर्चा चलिरहेको थियो ।
ओलीले संसद विघटन गरेदेखि ओली र प्रचण्डबीच राम्रो सम्बन्ध छैन । नेकपा (एमाले र माओवादी मिलेर बनेको पार्टी) एकता अदालतले टुक्रयाएपछि भने ओली र प्रचण्डबीच सम्बन्ध थप चिसियो ।