- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेता हर्षवर्धन सिंहले पहिलो पटक एकै मञ्चमा धेरै पूर्व प्रधानमन्त्री देखेको भन्दै दङ्ग परेको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो दृष्य आफूले कतै नदेखेको बताए । उनले भाजपालाई आमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गरे ।
राजनीतिक जीवनमा यस्तो किसिमको कार्यक्रम कुनै देशमा नदेखेका बताउँदै उनले भने, ‘जहाँ एक पार्टीको महाधिवेशनमा सो देशका सबै राजनीतिक दलका वरिष्ठ नेता उपस्तित रहेका छन् यस्तै अन्य कुनै देशमा देखेको छैन ।’
उनले भने, ‘१० दिन पहिले ओलीको पार्टीमा पनि यस्तै मौका मिलेको थियो । देशका प्रधानमन्त्री अर्का पार्टीको हुँदा हुँदै पनि ३– ४ घण्टा त्यहाँ बस्नुभयो । यस्तो कुनै देशमा देखिन । यो सही किसिमले प्रेरणा लिनुपर्ने कुरा हो ।’
उनले अगाडि भने, ‘राजनीति कहिल्यै पनि सानो मनले हुँदैन । ठूलो मन चाहिन्छ । त्यो मैले देखेँ ठूलो मनले राजनीति कसरी हुन्छ । त्यो मैले यहाँ देखे । धेरै धेरै बधाइ दिन चाहन्छु ।’
उनले नेपाल र भारतको सम्बन्धबारे भने, ‘भारत–नेपाल सम्बन्ध । भारतका ३५–४० करोड र नेपालका सबै भाइ बहिनीका मन मुटुको गहिरो सम्बन्ध । हाम्रो संस्कृति, हाम्रो हिन्दूत्व वर्षौंदेखि आज पनि इन्डो नेपाल सन्धीको सुगन्ध भारत र नेपालमा पहिले जसरी नै महसुुस हुने गरेको छ । यहाँ कसैलाई गाह्रो भएमा भारतमा रहने सबै व्यक्तिको नेपालीलाई जति कष्ट हुन्छ त्यसभन्दा बढी भारतीयलाई हुन्छ ।’
उनले विगत सम्झे, ‘२०१५ मा अप्रिलमा जब भूकम्प आएको थियो । त्यतिबेला हामीले कति चिन्ता लियौं । हाम्रा प्रधानमन्त्रीले ६ घण्टामा सबै किसिमको सहायता यहाँ पुर्याउनु भयो । यहाँ कोभिड १९ को समस्या आउँदा भारतीयले आफ्नो मात्रै नभइ छिमेकी र खासगरी नेपालीको सहयोग गर्यौं । पीसीआर किट, भ्याक्सिन, भेन्टिलेटर सबै कुराको सहयोग गर्न कमी राखेनौं । नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्तीबीच २ पटक भेट भयो । एक पटक जेनेभेमा जलवायु सम्मेलन र कोभिड १९ को विषयमा चर्चा भयो ।’
उनले अगाडि भने, ‘हामीले देख्यौं मोदीको मुटुको धड्कनको मैले महसुस गरको छु । उहाँ एक शुद्ध मजबुत स्थिर नेपाल र नेपाल–भारतको सम्बन्ध दिन प्रतिदिन मजबुत होस् भन्ने चाहन्छन् । भारतका नागरिक, भारतका नेता, भारतका प्रधानमन्त्री र भाजपाका नेता जेपी नड्डा जी सबैले नेपाली जनताको लागि शुभकामना पठाउनु भएको छ ।’
उनले नेपाल आउँदा खुशी लागेको बताउँदै भने, ‘यसअघि आउँदा पनि पशुपति पुगेको थिएँ । आज पनि पशुपति जान पाएँ । दुनियाँका ठूला आठ हिमाल तपाईलाई त कहाँ कहाँबाट आशीर्वाद मिल्छ । हामी चाहन्छौं नेपाल अझैँ खुशी, सुखी र सम्पन्न होस् ।’