arrow

माधवकुमार लम्किरहे, केपी ओली हेरेर मुसुमुसु हाँसिरहे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
congress-14th-2222222.JPG

काठमाडौं । अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बोलचाल छैन । एमालेबाट छुट्टिएर अर्को पार्टी गठन गरेपछि ओली र नेपालबीच बोलचाल नै छैन । 

पहिलो पटक एमाले फुटेपछि एउटै मञ्चमा ओली र नेपाललाई जुटाउने काम नेपाली कांग्रेसले गरेको छ । आज कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनमा ओली र मञ्च एकै ठाउँ भए ।

मञ्चमा शुभकामना सन्देश दिनका लागि माधवकुमार अगाडि बढ्ने क्रममा ओली हुँदै गए । उनी अगाडि बढे, ओली मुसुमुसु हाँसे । हेरिरहे ।  टाउको हल्लाए । 

यसअघि एमालेले १० औं महाधिवेशन गर्दा भने एमालेले नेकपा एकीकृत समाजवादीलाई बोलाएको थिएन । त्यस्तै माधव नेपालको पार्टीलाई स्वीकार नगरेको एमालेले संसद बैठकसमेत बहिस्कार गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ