- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुलाई गाउँमा चोर आयो भनेर सम्वोधन गर्ने गरेको बताएका छन् । उनले गणतन्त्रले अस्तव्यस्त पारेको र सरकार भरोसायोग्य नभएको भन्दै नेताहरु चोर भएको भनी जनताले भन्न थालेको बताए । योसँगै उनले नेपालमा राजसंस्था चाहिन्छ भनेर त्यसकै लागि आफूहरु डटेर लागेको बताए ।
उनले नेताहरुलाई गरेको सम्वोधनप्रति एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन बढी कुँद्छ भन्छन् त्यस्तै होला ।’
लिङदेनको भनाइप्रति गम्भीर आपत्ति जनाउँदै छिट्टै लाइनमा आउने विश्वास गर्दै उनले भने, ‘भर्खर भर्खर सभापति भएको रापताप होला साथीहरुलाई अलिक समयमा ठीक ठाउँमा आउला भन्ने मलाई लाग्छ ।’
त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि लिङ्देनको भनाइप्रति आपत्ति जनाउँदै त्यस्तो कतै नभएको बताए । उनले संघर्ष गरेका नेताहरुलाई बदनाम गर्न खोजिएको हो भनेका छन् । जब बदनाम गर्न खोजिन्छ त्यहाँ निरंकुश र तानाशाह जन्माउन खोजिएको खतरा हुन्छ ।’
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई पार्टी खोलेर चुनावमा आउन चुनौती दिए । उनले भने, ‘म संकेत राम्रो देखिरहेको छैन । नेपालको राजनीतिमा कालो बादल मडारिइरहेको छ । सावधान भन्न चाहन्छु । फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ । फेरि पछाडि जान सक्दैन । त्यसैले नेपालमा राजतन्त्रको फेरि सम्भावना छैन । राम्रो के हुन्छ भने राजाले पनि एउटा नयाँ पार्टी खोले हुन्छ । हैन भने ब्यापार गरेर बसे हुन्छ ।’